गणेसपुर पार्क पिकनिक क्षेत्र भरीभराउ

तुलसीपुर, २० चैत । तुलसीपुर ७ गणेसपुर पार्कमा शनिवार नाँचगान भईरहेको देखीन्थ्यो । गणेसपुर पार्क भनेर समेत चिनिने राप्ती शान्ति उद्यान पार्कको पिकनिक क्षेत्रमा शनिवार मानिसहरुको भरीभराउ थियो । कतिपय विभिन्न सामाजिक संघसंस्थाहरुले बनभोज कार्यक्रमको आयोजना गरेको हुदा मानिसहरुको जमघट थियो कतिपय शनिवारे फुर्सदमा रहेकाहरु साथीभाईहरु जमघट गर्दै रमाईलो गरीरहेका थुप्रै दृश्य देख्न सकिन्थ्यो । पिकनिक क्षेत्रको चारै तिर मानिसहरुको जमघट तथा कार्यक्रम संगै नाँचगान गरी रमाईलो भईरहेको थियो । यसरी मानिसहरु विशेष गरी शनिवार पार्क जाने गरेका छन् ।अन्य दिन फुर्सद नहुने भएपछि उनीहरु शनिवारको दिन रमाईलो गर्न र समय विताउन पार्क जाने गरेका छन् ।

पार्कमा भेटिनु भएका तुलसीपुर मासु व्यवसायी समितिका पुर्व अध्यक्ष तथा व्यवसायी अर्जुन खड्काले बताउनुभयो । अन्य दिन खासै फुर्सद नहुने भएकाले शनिवार रमाईलो गर्न पार्कमा आएको उहाको भनाई थियो । तुलसीपुर क्षेत्रका मासु व्यवसायी, कपडा व्यवसायी,लगाएतका व्यवसायीहरु मिलेर बनभोज कार्यक्रम राखेको उहाले बताउनुभयो । यस्तैगरी तुलसीपुर दाङ सुनचाँदी व्यवसायी संघले पनि शनिवार पार्कमा शुभकामना तथा वनभोज कार्यक्रम गरेको थियो ।यस्तैगरी अन्य सामाजिक संघसंस्थाहरुको पनि शनिवार कार्यक्रम थियो । जसले गर्दा त्यहा मानिसहरुको चहलपहल धेरै देखीन्थ्यो ।अन्य दिनको तुलनामा शनिवार र सार्वजनिक विदाको दिन गणेसपुर पार्कमा मानिसहरुको भिडभाड हुने गर्दछ ।

विशेषगरी शनिवार तथा सार्वजनिक विदाको दिन बनभोज कार्यक्रम हुने भएको हुदा संरचना अपुग हुने गरेको बताउनुहुन्छ राप्ती शान्ति उद्यान पार्क संरक्षण समितिका अध्यक्ष डिल्ली बहादुर भण्डारीले बताउनुभयो ।वरपर बनजंगल,रमनिय तथा शान्त बाताबरण भएकाले पछिल्लो समय अवलोकन गर्ने र बनभोज कार्यक्रमको लागी पार्क सबैको रोजाईमा परेको छ । जसले गर्दा आन्तरिक पयर्टकहरुको उपस्थिति राम्रो बनाउन आफुहरु सफल भएको समितिको भनाई छ । पार्कमा अहिले सार्वजनिक विदा बाहेक अन्य दिनमा पनि दैनिक सरदर चार÷पाँच सय आउने गरेको समितिले बताएको छ । पार्कमा पिकनिक स्पर्ट देखी पार्क भित्र भगवान गौतम बुद्धको मुर्ति, विभिन्न जनावर, बाल उद्यान लगाएतका आर्कषक रहेका छन् ।

प्रकाशित मिति : २०७८ चैत्र २० गते आइतवार
प्रतिक्रिया