रामनगर टोल विकास संस्थाको छैठौ साधारण सभा

तुलसीपुर, १९ चैत्र । रामनगर टोल विकास संसथाको छैठौ साधारण सभा तुलसीपुर उपमहानगरपालिका–७ गैरापातुमा सम्पन्न भएको छ ।  टोल विकास संस्थाका अध्यक्ष रोशन वलीको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिका–७ का वडा सदस्य रामबहादुर जिसीको प्रमुख आथित्यमा भएको साधारण सभामा शिव नगर टोल विकास संस्थाका इश्वरी प्रसाद गैरे, टोल विकास संस्थाका चिनी विश्वकर्मा लगाएतले बोल्नु भएको थियो । कार्यक्रमको संचालन सचिव यादव देवकोटाले गर्नुभएको थियो ।

यसैबिच टोल विकास संस्थाले घरधुरी धैरै भएकाले टोल विभाजन गर्ने र साधारणसभामा पेश गरेको बार्षीक प्रगति र आर्थिक प्रतिवेदन अनुमोदन गरिएको थियो ।

प्रकाशित मिति : २०७८ चैत्र १९ गते शनिवार
प्रतिक्रिया