
रुकुमकोट, १९ चैत । हिमालय बचाऔं : नदी जोगाऔं, लगाएतका विषयहरुमा केन्द्रित रहेर मानव अधिकार तथा शान्ति समाजले विशेष अभियान शुरु गरेको छ । रुकुम पूर्वको रुकुमकोटबाट शुक्रबारदेखि अभियान शुरु गरिएको हो । अभियानमा गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा : सबैको अधिकार, लागू औषध:मदिरा दुव्र्यसनी विरुद्ध अभियान र युद्ध निषेध शान्ति बिशेषः लगाएतकाअभियान शुरु गरिएको शान्ति समाजका केन्द्रिय वरिष्ठ उपसभापति सुशील बस्नेतले जानकारी दिनुभयो ।
रुकुमकोटको मुख्य चोक आयोजित कोण सभामा बस्नेतले सम्बोधन गर्नुहुदै जलवायु परिवर्तनको प्रभावले मानिसको स्वास्थ्यमा समेत असर पार्दै गएको बताउनुभयो । त्यसकालागी हिमाल लाई बचाउनु पर्ने नदिलाई जोगाउनपर्ने बताउनुपर्नेमा जोड दिनुभयो । उहाँले लागुऔषध दुर्ब्यसनीले परिवार र समुदायमा पारेको प्रभाव, रुस र युक्रेन बिचको युद्धले बिश्वमा पारेको असर, गुणस्तर स्वास्थ सेवा र बैज्ञानिक शिक्षाका बिषयमा चर्चा गरिएको थियो ।