
फाईल फोटो
दाङ,१८ चैत । आगामी स्थानिय तहको निर्वाचनको मिति नजिकीदै गर्दा विभिन्न राजनितिक दलहरुले चुनावी गतिविधिलाई तिव्र पारेका छन भने कतिपय ठाउँमा उम्मेदवारहरुको नामावली घोषणा सुरु भएको छ । सोहि अनुरुप नेकपा माओवादी केन्द्रले सल्यानको दार्मा गाउँपालिका ५ मा वडा अध्यक्ष सहित सबै उम्मेदवारको टुङगो लगाएको छ । वडा कमिटिको बैठकले स्थानिय तहको निर्वाचनका लागी सबै उम्मेदवारहरू सहमतिका आधारमा टुङ्गो लगाएको हो ।
वडा अध्यक्ष पदमा सुदिप के.सी र सदस्यहरुमा निमबहादुर खड्का, जय बहादुर खड्का महिला सदस्य हिरा खड्का, दलित महिला सदस्य जय कलि वि.कलाई उम्मेदवार बनाउने बैठकले निर्णय गरेको छ । उम्मेदवार घोषणा गर्नेमा दार्मा ५ पहिलो भएको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सल्यानका सचिव निमबहादुर के.सी अरुणले बताउनुभयो ।
प्रकाशित मिति : २०७८ चैत्र १८ गते शुक्रवार