मुक्ति समाजको केन्द्रिय सदस्यमा दाङबाट पाँच जना निर्वाचित

तुलसीपुर, १८ चैत । नेपाल उत्पिडित जातिय मुक्ति समाजको केन्द्रिय सदस्यमा दाङबाट पाँच निर्वाचित भएका छन् । चैत १५ गतेदेखी १७ गते सम्म समाजको काठमाण्डौमा भएको छैठौँ अधिवेशनबाट दाङका पाँच जना केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । समाजको केन्द्रिय सदस्यमा तुलसीपुरका पदम नेपाली, घोराहीका मान बहादुर विश्वकर्मा, देव बहादुर सुनार, चुर्ण बहादुर नेपाली र निर्मला विक निर्वाचित हुनु भएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र १८ गते शुक्रवार
प्रतिक्रिया