प्रधानमन्त्री देउवा भोली भारत भ्रमणमा जार्दै, मन्त्रीहरुको टुङगो लाग्यो

फाइल फोटो

काठमाण्डौ, १७ चैत । प्रधानमन्त्री सेर बहादुर देउवा भोली (शुक्रवार) भारत भ्रमणमा जार्दै हुनुहुन्छ । उहा नेपाली प्रतिनिधिमण्डल सहित तिन दिने भारत भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणबारे मन्त्रालयले गत मंगलवार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । भोली ४ बजे प्रधानमन्त्री देउवा दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने कार्यतालिका छ । सोही भ्रमणको अवसरमा जनकपुर–जयनगर रेलवे सेवा उदघाटन गर्ने तयारी पनि भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो शनिबार संयुक्त रुपमा जनकपुर–जयनगर रेलवे सेवा उद्घाटन गर्ने तयारी भएको हो ।

मन्त्रीहरुको टुङगो लाग्यो
प्रधानमन्त्री देउवाको भारत भ्रमणमा सहभागी हुने मन्त्रीहरूको टुंगो लागेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भ्रमणमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाएको हो । भ्रमणमा प्रधानमन्त्री सहित परराष्ट्र, ऊर्जा, कृषि र स्वास्थ्यमन्त्री सहभागी हुने भएका छन् ।

प्रकाशित मिति : २०७८ चैत्र १७ गते बिहिवार
प्रतिक्रिया