महिला ब्यवसायीक बन्न अग्रसर हुनुपर्छ : उपाध्यक्ष खड्का

दाङ, १५चैत । दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा कुमारी खड्काले महिलाहरु ब्यवसायमा जोडिनुपर्ने आजको आवश्यक्ता रहेको वताउँनुभएको छ । ब्यवसाय भएमा घरको कामकाज संगसंगै ब्यवसाय पनि संगसंगै अगाडि बढाउँन सक्ने भन्दै आर्थीक रुपले बलीयो हुनसक्ने भन्दै महिलाहरु ब्यवसायीक बन्न अग्रसर हुनुपर्ने बताउँनुभयो । आर्थीक भारले जहिले पनि पिडीत भएका महिलाहरुका लागि गाउँपालिकाले वडा वडामा  ब्यवसायीक तालीम संचालन गरेको भन्दै यसलाई ब्यवसायीक तरीकाले संचालन गरेर लैजानुपर्ने बताउँनु भयो । सिकेको सिपलाई ब्यवहारीक रुपमा कार्यान्वयन गरेमा मात्र सिकेको सिपले सार्थक्ता पाउँने भन्दै अवको समय महिलाहरु ब्यवसायलाई अंगाल्नुपर्ने बताउँनु भयो।  वडा न ७ का महिलाहरुका लागि गुडिया कुसन बनाउँने तालीम समापन कार्यक्रममा उपाध्यक्ष वलीले यस्तो बताउँनु भएको हो  । दंगीशरण गाउँपालिकाको आयोजनामा भएको  तालीममा १५ जना महिलाहरुको सहभागिता रहेको थियो ।

तालीम समापनमा सहभागिहरुलाई १५ दिनको समय छोटो समय भएको भन्दै अवका दिनमा कुनै पनि महिलामुखी कार्यक्रम १ महिनाको हुनुपर्ने बताए ।   सिप सिकौँ आत्मनिर्भर बनौँ भन्ने मुल नाराका साथ आयोजना गरिएको गरीवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेड्पा १५ दिने गुडिया कुसन बुनाई तालीमको गाउँपालिकाको आयोजना भएको हो । तालीमको प्रशिक्षकमा रेनु घर्ती रहनुभएको थियो । तालीमको शहजीकरण गरीवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमकि शुसीला  डांगीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७८ चैत्र १५ गते मङ्गलवार
प्रतिक्रिया