राप्तीमा खेलकुद प्रतियोगिता सुरु

दाङ १५चैत । राप्ती गाउँपालिकामा खेलकुद प्रतियोगिता सुरु भएको छ । युवाहरुलाई लक्षित गरेर स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ खेलकुद प्रतियोगिता सुरु भएको हो । राप्ती गाउँपालिका वडा नं १ को कार्यालयको आयोजनामा भलिवल, क्रिकेट, ब्याडमिन्टन, फुटवल प्रतियोगिता सुरु भएको हो । मंगलबार एक कार्यक्रमका विच राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले उद्घाटन गरेको खेलकुद प्रतियोगितामा वडा नं १ का युवा खेलाडिहरुको सहभागिता छ । भलिवल प्रतियोगितामा ६ टिम, क्रिकेट प्रतियोगितामा ५ टिम, ब्याडमिन्टन प्रतियोगितामा २४ टिम, फुटवल प्रतियोगितामा ५ टिमको सहभागिता मार्फत करिव २ सय बढि युवाको प्रत्यक्ष खेलमा सहभागिता रहेको वडा सचिव विश्व पौडेलले जानकारी दिए ।

वडा अध्यक्ष तारा बहादुर डिसीको अध्यक्षतामा खेलकुद उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल, शिक्षक फर्सुराम आचार्य लयायतले खेल प्रतियोगिताको लागि खेलाडिलाई शुभकामना दिए । प्रतियोगिता दुई दिनसम्म चल्ने खेलकुद छ । विजयी खेलाडिलाई नगद तथा प्रमाणपत्र प्रदान गरिने छ ।

 

 

 

प्रकाशित मिति : २०७८ चैत्र १५ गते मङ्गलवार
प्रतिक्रिया