
फाइल फोटो
काठमाण्डौ, १५ चैत । निर्वाचन आयोगले आउदो स्थानिय तहको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । २०७९ बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन कार्यतालिका अनुसार आउदो बैशाख ११ र १२ गते मनोनयन दर्ता गर्ने, सोहि दिन मनोनयन पत्रको सुची प्रकाशन गर्ने, १३ गते मनोनयनकर्ताहरु विरुद्ध उजुरीका लागी सुचना आह्वान गर्ने, १४ र १५ गते मनोनयन पत्र जाँचबुझ तथा निर्णय गर्ने , १५ गते उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने, १६ गते मनोनयन फिर्ता लिन समय दिने, सोहि दिन नै उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरी १७ गते चुनाव चिन्ह प्रदान गर्ने तालिका रहेको छ । आउदो स्थानिय तहको निर्वाचनका लागी आयोगले मतदाता नामावली सार्वजनिक गरेको छ । जसमा देशभर एक करोड ७७ लाख बढि मतदाता रहेका छन् ।
प्रकाशित मिति : २०७८ चैत्र १५ गते मङ्गलवार