सांकेतिक फाईल फोटो
तुलसीपुर,१५ चैत । सल्यानमा एक प्रहरी जवानको शव फेला परेको छ । ईलाका प्रहरी कार्यालय श्रीनगरमा कार्यरत प्रहरी जवान पवन केसी मंगलबार बिहान साढे ६ बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । ईलाका प्रहरी कार्यालय श्रीनगर देखि एक सय मिटरको दुरी पर्ने भगवती खोला जाने नालामा पोशाक लगाएकै अवस्थामा केसीको शब भेटिएको प्रहरी बताएको छ । गएराती १० बजेदेखि २ बजेसम्म डिउटीमा रहनु भएका केसीको छाङगाबाट खसेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । बिहान स्थानीय महिलाले शब देखेपछी प्रहरीलाई खबर गरका थिए । उक्त घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।।
प्रकाशित मिति : २०७८ चैत्र १५ गते मङ्गलवार



