
तुलसीपुर, १५ चैत । मानव अधिकार तथा शान्ति समाज दाङ शाखाको आयोजनामा तुलसीपुरमा धर्ना कार्यक्रम गरिएको छ । रुसले युक्रेन माथी आक्रमण गरे हिंसात्मक घटना भईरहेको प्रति दुःख व्यक्त गर्दै धर्ना कार्यक्रम गरिएको हो । समाजका शाखा सभापति तुलसीराम सुनारको अध्यषता एवं समाजका केन्द्रिय बरिष्ठ उपसभापति शुसिल बस्नेतको प्रमुख आतिथ्यतामा तुलसीपुरको बिपिचोकमा कार्यक्रम भएको हो ।रुस तत्काल सैनिक फिर्ता गरी युद्ध रोक, हिंसात्मक घटना गर्न पाईदैन, मानव अधिकारको सुनिश्चित गर लगाएतका विभिन्न नारा लेखिएका प्ले कार्ड सहित धर्ना कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले रुसको आक्रमणका कारण युक्रेनमा धेरै सर्वसाधरण नागरिकले अकालमै ज्यान गुमाउनु परेको, कयौ विस्थापित हुनु परेको, बालबालिका तथा महिलाहरु अझ बढि समस्यामा परेको हुदा अन्र्तराष्ट्रिय संघसंस्था तथा मानव अधिकारकर्मीहरुले उक्त घटनालाई रोक्नका लागी आबश्यक पहल गर्नुपर्ने बताएका छन् ।सो अवसरमा नागरिक समाज दाङका सल्लाहकार टिकाराम रेग्मी, मानव अधिकार शान्ति समाजका केन्द्रिय सचिव निर्मल नेपाली,बृद्ध सेवा समिति तथा जेष्ठ नागरिक समाज तुलसीपुरका अध्यक्ष खुमानन्द अधिकारी,अपाङग समाज सुधार केन्द्र तुलसीपुरका अध्यक्ष हुमाकान्त कंडेल लगाएतले बोलेका थिए ।