
काठमाडौ, १५ चैत । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आज मलेसिया र पपुवा न्युगिनी (पीएनजी) बीच प्रतिस्पर्धा हुँदैछ । टियु क्रिकेट मैदानमा हुने मलेसिया र पीएनजीबीचको खेल साढे १२ बजे सुरु हुनेछ । आजको खेलमा मलेसिया सुखद सुरुवात गर्ने योजनासहित मैदान उत्रने छ भने पीएनजी पहिलो जितको खोजीमा हुनेछ । सिरिजको पहिलो खेलमा पीएनजी नेपालसँग १५ रनले पराजित भएको थियो । सिरिजमा नेपाल, मलेसिया र पीएनजीले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रकाशित मिति : २०७८ चैत्र १५ गते मङ्गलवार