एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज लुम्बिनी प्रदेश आउदै

दाङ,१४ चैत । सत्तागठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लुम्बिनी प्रदेशमा आउदै छन् । उनीहरु प्रदेशका छुट्टाछुट्टै स्थानमा आयोजित कार्यक्रममा सहभागी हुने भएका छन् ।लुब्निी प्रदेशको रोल्पा प्रचण्ड र ओली कपिलबस्तु जिल्लामा आउदैहुनुहुन्छ । एमालेका अध्यक्ष ओली प्रतिनिधिसभा सदस्य वृजेशकुमार गुप्ता सहित विभिन्न पार्टीका नेता, कार्यकर्तालाई पार्टीमा स्वागत गर्न कपिलवस्तु आउदैहुनुहुन्छ ।

संघीय सांसद गुप्तासहित सत्ता गठबन्धनका केन्द्र, प्रदेश र जिल्लाका नेता सहित विभिन्न व्यक्तिहरुलाई पार्टी प्रवेश गराउन अध्यक्ष ओली कपिलवस्तु आउन लागेको एमाले लुम्बिनी प्रदेश कमिटीले जनाएको छ।यस्तैगरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड रोल्पा आउदै हुनुहुन्छ । रोल्पा नगरपालिकाले निर्माण गरेको टावर उद्घाटन र आमसभालाई सम्बोधन गर्न प्रचण्ड रोल्पा जान लागेको सचिवालयले जनाएको छ।रोल्पा नगरपालिकाले जनयुद्ध स्मृति टावर निमार्ण गरेको छ। युद्ध पर्यटनलाई टेवा पुर्याउने उदेश्यले निमार्ण गरिएको टावरको बिहान ११ बजे प्रचण्डले उद्घाटन गर्ने नगरपालिकाका प्रमुख पुर्ण केसीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७८ चैत्र १४ गते सोमवार
प्रतिक्रिया