
तुलसीपुर, १३ चैत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादि) पार्टी दाङको क्षेत्र नम्बर ३ को भेला तुलसीपुरमा सम्पन्न भएको छ । क्षेत्रिय अध्यक्ष मित्रलाल बागचन्दको अध्यक्षता तथा केन्द्रीय सदस्य एवं जिल्ला सहईन्चाज हिरा चन्द्र केसीको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।भेलालाई लुम्बिनी प्रदेश कमिटि सदस्य भुप बहादुर केसी, जिल्ला उपाध्यक्ष चुर्ण बहादुर वली, जिल्ला संगठन विभाग प्रमुख डिल्ली डाँगी लगाएतले सम्वोधन गर्नुभएको थियो । सो अवसरमा क्षेत्र नम्वर ३ अन्र्तगत पालिका कमिटि प्रमुख तथा प्रनितिधिहरुले पाटीको गतिविधिका बारेमा रिपोर्टिङ गरेका थिए ।जिल्ला सहसचिव जानका रेग्मीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण जिल्ला सदस्य शिव नेपालीले गर्नु भएको थियो ।
प्रकाशित मिति : २०७८ चैत्र १३ गते आइतवार