मैत्रीपूर्ण फुटबलमा नेपालले आज थाइल्याण्डको चोनबरी क्लबसँग खेल्दै

फाईल फोटो

काठमाडौ, १३ चैत । नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण फुटबलमा आज थाइल्याण्डको क्लब चोनबरी एफसीसँग प्रतिस्पर्धा गर्दैछ ।नेपालले चोनबरीसँग उसैको घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ । नेपाल र चोनबरीबीचको खेल नेपाली समय अनुसार ५ः४५ मा सुरु हुनेछ ।थाइ क्लबविरुद्ध मैदान उत्रदा नेपाल जित निकाल्ने योजनामा हुनेछ । घरेलु टोली पनि नेपाललाई हराउने उदेश्यले मैदान उत्रनेछ । नेपालले यसअघि थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपाल २–० ले पराजित भएको थियो ।एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपाल मैत्रीपूर्ण खेल्न थाइल्याण्ड गएको हो ।एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

प्रकाशित मिति : २०७८ चैत्र १३ गते आइतवार
प्रतिक्रिया