२०८२ पुष १ गते मङ्गलवार

चैत १९ गते तुलसीपुरमा युवा प्रशिक्षण कार्यक्रम हुने

फाईल फोटो

तुलसीपुर, १३ चैत । एमाले निकट राष्ट्रिय युवा संघ नेपालको तुलसीपुर नगर स्तरिय भेला प्रशिक्षण कार्यक्रम हुने भएको छ । तुलसीपुर नगर राष्ट्रिय युवा संघ कमिटीको बैठकले यस्तो निर्णय गरेको छ । कमिटीका अध्यक्ष बिबेक योगिको अध्यक्षता एवं राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य एवं दाङ जिल्ला इन्चार्ज सुरेश रावतको प्रमुख आतिथ्यता तथा जिल्ला अध्यक्ष देबु बस्नेतको बिशिस्ट आतिथ्यतामा तुलसीपुरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

वैठकले संगठनलाई चलाएमान बनाउने गरी गतिविधि अगाडी बढाउने निर्णय पनि गरेको छ । आउदो स्थानिय तहको चुनावमा पाटीलाई बलियो बनाउने गरी युवा संघले आफना गतिविधिलाई तिव्र पार्ने निर्णय बैठकले गरेको हो ।सोहि अनुरुप यहि चैत १३,१४ र १५ गते एकै साथ तुलसीपुरका सवै वडामा वडा बैठक सम्पन्न गर्न जिम्मेवारी बाँडफाँड गरेको कमिटिले जनाएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र १३ गते आइतवार
प्रतिक्रिया