
तुलसीपुर,१३ चैत । राष्ट्रिय युवा संघ नेपाल राजपुर गाउँ कमिटीको बैठक राजपुर १ कट्वेरूवामा सम्पन्न भएको छ । युवा नेता दिपक गिरीको अध्यक्षता एवं राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य तथा दाङ इन्चार्ज सुरेश रावत प्रमुख आतिथ्यता तथा राष्ट्रिय युवा संघ दाङ जिल्ला अध्यक्ष देबु बस्नेतको विशिष्ट आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।
बैठकमा केन्द्रिय सदस्यहरु ईश्वरी भुसाल, प्रेम ओलि र नेकपा एमाले जिल्ला कमिटी सदस्य कुलराज गिरी लगाएतले बोल्नु भएको थियो ।बैठकले चैत्र २५ गते सम्म सबै वडा कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति : २०७८ चैत्र १३ गते आइतवार