
शान्तिनगर १२, चैत । पश्चिम् दाङको शान्तिनगरमा परालमा लागेको आगो नियन्त्रणमा आएको छ । शान्तिनगर गाउँ पालिका चिराघाट स्थित जङ्गलमा लागेको आगो वडा नम्बर ४ निवासी पिताम्बर कंडेल को घर अगाडि राखेको परालमा सल्केको थियो ।
आज दिउँसो एक बजे तिर लागेको आगो तुलसीपुर उपमहानगरपालिकाको दमकल, स्थानीय बासी र चिराघाट प्रहरीले आगो नियन्त्रणमा ल्याएका थिए । आगलागी बाट अन्य कुनै मानबिय र पशुचौपाएको क्षति नभएको जनाइएको छ। आगो के कसरी लाग्यो भन्ने कुरामा अनुसन्धान भैरहेको जनाइएको छ।
प्रकाशित मिति : २०७८ चैत्र १२ गते शनिवार