
तुलसीपुर १२ चैत । सस्थागत खसी कप फुटसल प्रतियोगिता २०७८ को उपाधी तुलसिपुर नगर जेसिज ले जितेको छ । बेलुवा फुटबल क्लब तुलसिपुर ९ को आयोजनामा संचालित प्रतियोगिताको आज सनिवार सम्पन्न फाईनल खेलमा तुलसिपुर बैंकर्स लाई ५ का विरुद्ध ९ गोल अन्तरले पराजित गर्दै तुलसिपुर नगर जेसिजले उपाधी जितेको हो । उपाधी संगै उसले खसी हात पारेको छ ।
चैत ११ गते देखि संचालित प्रतियोगितामा संस्थागत तर्फका ६ टिमको सहभागिता रहेको थियो । यसैबिच प्रतियोगिताको समापन समारोह खेल संयोजक मोहन गौतमको अध्यक्षता तथा दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठको प्रमुख आतिथ्यमा भएको थियो ।
सो अबसरमा बिजेता टिम तुलसिपुर नगर जेसिजका अध्यक्ष केशव केसि तथा खेलाडी लाई कार्यक्रमका प्रमुख अतिथी श्रेष्ठले खसी प्रदान गर्नु भएको थियो । कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गर्नु भएको थियो ।