मिस दाङको उपाधी सुलोचनालाई

दाङ– गुरुकुल एकेडेमीमा अध्ययनरत सुलोचना श्रेष्ठले मिस दाङको उपाधी जित्नु भएको छ । शुक्रवार घोराहीमा भएको मिस्टर एण्ड मिस दाङको फिनालेमा उत्कृष्ट प्रर्दशनी गर्दै श्रेष्ठ मिस दाङ २०२२ ९सिजन ३०को विजेता बन्नु भएको हो । प्रतियोगितामा सहभागी आफ्ना प्रतिद्धन्द्धीहरुलाई पछि पार्दै उहाँले मिस दाङको उपाधी चम्नु भएको हो । । श्रेष्ठ गुरुकुल एकेडेमीमा ११ को विज्ञान संकायमा अध्ययनरत छात्रा हुनुहुन्छ ।

मिस दाङको विजेता बनेसँगै विद्यालयले बधाई ज्ञापन गरेको विद्यालयका सहायक प्रधानाध्यापक मुकुन्द गिरीले बताउनुभयो । श्रेष्ठले मिस दाङ बनेको विद्यालयको गौरव र प्रतिष्ठाको विषय भएको उहाँले बताउनुभयो । गुरुकुलले विद्यार्थीहरुलाई यस किसिमका गतिविधिहरुमा सहभागी गराउँदै आएको छ ।

कार्यक्रम प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इञ्जिनियर अनन्तराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २०७८ चैत्र १२ गते शनिवार
प्रतिक्रिया