
फाईल फोटो
काठमाण्डौ,१२ चैत । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनमा स्वचालित वैज्ञानिक भाडादर समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सिफारिस गरेको छ । पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएपछि यातायात व्यवसायीले भाडा बढाउन माग गर्दै आएका छन् । यही बेला विभागले सार्वजनिक यातायातमा पनि भाडा बढ्नेगरी मन्त्रालयमा सिफारिस गरेको हो ।
स्वचालित भाडा निर्धारण हुनेगरी एउटा प्रणाली विकास गरेर मन्त्रालयमा सहमतिका लागि पेश गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिनुभयो । स्वचालित प्रणाली लागू भए पेट्रोलियम पदार्थको मूल्य घटबढ भए अनुसार सार्वजनिक सवारीसाधनको भाडा पनि घटबढ हुने उहाँको भनाइ छ । मन्त्रालयबाट निर्णय भएर आउने बित्तिकै यो लागू हुने विभागले जनाएको छ ।
प्रकाशित मिति : २०७८ चैत्र १२ गते शनिवार