
तुलसीपुर, १२ चैत । राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियाको टुडीखेल मैदानमा शुक्रवार देखि राप्ती चौथो व्यापारीक, पर्यटन तथा कृषि महोत्सव सुरू भएको छ । कृषि पर्यटन तथा कला संस्कृतिको पहिचान, राप्ती चौथो प्यापारीक, पर्यटन तथा कृषि महोत्सव २०७८ को शान भन्ने मुल नाराका साथ राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा महोत्सव सुरू भएको हो ।संघका अध्यक्ष सुरज खड्काको अध्यक्षता एवं नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको महोत्सव उदघाटन कार्यक्रममा प्रमुख अतिथि शर्माले किसानहरूलाई सरकारबाट सौहलियतमा कृषि औजार पाउन नसकेको गुनासो गर्नुभयो ।
अहिले सरकारले कृषकहरूमा चर्को व्याज असुली रहेकोमा उहाले दुख व्यक्त गर्नुभयो । उहाले यसैगरी कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले लुम्बिनी प्रदेश सरकारको अर्थतन्त्रमा यस महोत्सवले महत्वपुर्ण टेवा पु¥याउने बताउनुभयो ।सो अवसरमा प्रदेश सभा सदस्य सरस्वती गौतमले विभिन्न जातजातीको कला संस्कृति, भेषभुषाको संरक्षण र समग्र पर्यटीय क्षेत्रको विकास हुने बताइन् त्यस्तै उहाले उद्योग वाणिज्य संघले अर्थतन्त्रमा टेवा पुग्ने किसिमको काम गर्न सुझाव दिनुभयो ।
संघका वरिष्ठ उपाध्यक्ष बाबुराम थापाको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन संघका महासचिव नारायण शर्मा र सचिव भरतमणी न्यौपानेले गर्नुभएको थियो । महोत्सवमा १७१ वटा स्टल निर्माण गरिएको छ । ८ करोड बराबरको कारोवार गर्ने र ४ लाख दर्शकले महोत्सव अवलोकन गर्ने लक्ष्य राखिएको छ ।महोत्सव अवधीभर राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको वेजोड प्रस्तुती भने नृत्य प्रतियोगिता हुने आयोजकले जानकारी दिएको छ ।