४३४२ जनामा गरिएको परीक्षणमा १८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ११ चैत । पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४३४२ जनामा गरिएको नमूना परीक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा २७१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने २४ घण्टामा कसैको मृत्यु भएन । मन्त्रालयका अनुसार अहिले देशभर १९६० जना सक्रिय संक्रमित रहेका छन् भने ६४३४७ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । अहिले निको हुनेको दर ९८।६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र ११ गते शुक्रवार
प्रतिक्रिया