
तुलसीपुर, १० चैत । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ तुलसीपुर ४ मा युवा संघ भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । वडा भेला आयोजक समितिका संयोजक प्रभात थापाको अध्यक्षता एवं राष्ट्रिय युवा संघ दाङका ईन्चार्ज सुरेस रावतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।सो अवसरमा बोल्दै युवा संघका ईन्चार्ज रावतले युवाहरुमा अब नविनतम सोचको विकास हुनु पर्ने बताउनुभयो ।समाज रुपान्तरणका लागी युवाहरुको महत्वपुर्ण भुमिका भएकाले युवाहरुमा नयाँ सोचका साथ सिर्जनशिल र अध्ययनशिल हुनु पर्नेमा उहाले जोड दिनुभयो ।
हरेक युवाहरु सक्षम, अनुशासित,अग्रसर भएर समाज रुपान्तरणमा लाग्नु पर्ने बताउदै उहाले सकारात्मक सोचका साथ अघि बढ्नु पर्ने बताउनुभयो ।सो अवसरमा बोल्दै वडा अध्यक्ष बालकृष्ण राना(धुव्र)ले पाटी बलियो बनाउन युवाहरुको महुत्वपुर्ण भुमिका हुने बताउनुभयो । हरेक आन्दोलन देखी कार्यक्रममा युवाहरुको सहभागिता र भुमिकाले महत्वपुर्ण अर्थ राख्ने भन्दै आउदो स्थानिय तहको निर्वाचनमा पाटीलाई जिताउन युवाहरु सक्रिय भएर लाग्नु पर्ने उहाले बताउनु भयो ।
साथै उहाले आफुहरु जनप्रतिनिधि भएर वडामा आईसकेपछि थुप्रै विकास गरेको बताउनुभयो ।
भुगोलको हिसाबले विकट वडा भएपनि हरेक गाउँ बस्ती सम्म सडक बाटो विस्तार, विद्युत, खानेपानी, शिक्षा, स्वास्थ्य लगाएतका महत्वपुर्ण काम भएको बताउनुभयो । विगतमा छ महिना मात्रै सडक यातायात संचालन हुने गरेकोमा अहिले बाह्रै महिना सडकबाटो संचालन हुने गरेको उहाले बताउनुभयो । सो अवसरमा अनेरास्ववियुका केन्द्रिय सदस्य दुजमान भण्डारी (बर्षात),नेकपा एमाले तुलसीपुर ४ को वडा ईन्चार्ज हेम बहादुर थापा लगाएतले बोल्नु भएको थियो ।युवा नेता जिवन रोकाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण आयोजक समितिका वडा सहसंयोजक रमित वलीले गर्नुभएको थियो ।
युवा संघको अध्यक्षमा थापा
भेलाले प्रभात थापाको अध्यक्षतामा ४५ सदस्यीय वडा स्तरिय राष्ट्रिय युवा संघ गठन गरेको छ । जसको उपाध्यक्षमा कमल सेन, सचिवमा रमित वली, सहसचिवमा प्रविण थापा, कृष्ण प्रसाद भट्टराई,महिला सहसचिवमा देवा बुढा, कोषाध्यक्षमा दिनेश घर्ति चयन हुनु भएको छ । यस्तैगरी सदस्यहरुमा नवराज सेन, अजय जिवी, प्रदिव पुन, तिर्थराज घर्ति, यज्ञ बहादुर चन्द, विष्णु थापा, गोपाल बुढाथोकी, विष्णु पुन, लिलाराम घर्ति, मेघ बहादुर पुन र निम बहादुर पुन लगाएतका चयन हुनु भएको छ ।
दर्जन बढि एमालेमा प्रवेश
भेलामा एक दर्जन बढि मानिसहरु एमालेमा प्रवेश गरेका छन् । यस अघि विभिन्न पाटीलाई समर्थन जनाउदै आएका उनीहरु एमालेमा प्रवेश गरेका छन् । स्वतन्त्र रुपमा रहदै आएका उनीहरुले यस अघि विभिन्न पाटीलाई समर्थन गर्दै आएका थिए । पाटी प्रवेश गर्नेहरुमा कुल बहादुर नेपाली, देवेन्द्र गिरी, जनक खत्री, रमेश जिवी,अजय नेपाली, नवराज सिंहठकुरी, हेमराज गुरुङ ,मनोज वली, सन्तोष गिरी र उदिराम वली रहेका छन् ।