चैत्र महिनाभित्र उम्मेदवारको टुङ्गो लगाउने एमालेको निर्णय

तुलसीपुर, १० चैत्र । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले चैत्र मसान्तभित्र स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाउने भएको छ ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षता काठमान्डौमा बसेको पार्टीको तेस्रो बैठकले स्थानिय निर्वाचनलाई एमालेको विजयको निर्बाचन बनाउनका लागि चैत्र महिनाभित्र उम्मेदवारको सिफारिस गरिसक्ने निर्णय गरेको बैठकमा सहभागी एमालेका केन्द्रिय सदस्य घनश्याम पाण्डेले जानकारी दिनुभयो ।

त्यसैगरी बैठकमा खादा मालाको प्रयोग नगर्ने, जनताको मन जित्नेगरी बोली व्यवहार गर्ने, नेताहरु कार्यकर्ताको बिचमा रहनुपर्ने निर्णय पनि भएको केन्द्रि सदस्य पाण्डेले बताउनुभयो ।बैठक बुधबारदेखि बिहीबारसम्म चलेको थियो ।

प्रकाशित मिति : २०७८ चैत्र १० गते बिहिवार
प्रतिक्रिया