सुनको मूल्य फेरि एक लाख नाघ्यो

काठमाडौं,१० चैत। सुनको मूल्य फेरि एक लाख रुपैयाँ नाघेको छ । बिहीबार तोलामा ११ सय रुपैयाँले घटेको छापावाल सुनको मूल्य बिहीबार पुनः ११ सय रुपैयाँले नै बढेर प्रतितोला एक लाख ३ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । बुधबार तोलामा १३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १३ सय ७५ रुपैयाँ कायम भएको छ ।

 

प्रकाशित मिति : २०७८ चैत्र १० गते बिहिवार
प्रतिक्रिया