विदेशी पर्यटकका लागि अनुमति दिन फिलिपिन्सका राष्ट्रपतिको निर्देशन 

काठमाडौ, ९ चैत । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेलेविदेशी पर्यटकहरूलाई सहजै प्रवेश गर्न दिन निर्देशन दिनुभएको छ । कोरोनाभाइरसका कारण विदेशी पर्यटकहरूको प्रवेशमा कडाइ गरिँदै आइएकोमा अहिले महामारी कम भएकाले अब खुकुलो बनाउनु पर्ने उहाँको भनाई छ । विदेशी पर्यटकहरूका कारण देशको आर्थिक अवस्था सुधार गर्न सहज हुने अपेक्षा पनि गरिएको उहाँले बताउनुभएको छ । देशको अर्थतन्त्रमा सुधार ल्याउन तत्काल नयाँ कार्यक्रमहरू ल्याउनु पर्नेमा पनि राष्ट्रपति डुटेर्टेले जोड दिनुभएको छ । फिलिपिन्समा अहिलेसम्म कोरोनाभाइरसका कारण ३० लाख ६७ हजार मानिस सङ्क्रमित भएका छन् भने ५८ हजार २८१ जनाको मृत्यु भएको छ । देशको अहिलेको कुल जनसङ्ख्या ६ करोड ५० लाख २० हजारभन्दा बढी रहेकोमा ती मध्ये ७२ दशमलब ४९ प्रतिशतले पूर्ण खोप लगाइसकेका सरकारी अधिकारीहरूको दाबी छ

प्रकाशित मिति : २०७८ चैत्र ९ गते बुधवार
प्रतिक्रिया