कानुनी तथा मनोसामाजिक परामर्श सम्बन्धी तिन दिने तालिम सुरु

तुलसीपुर, ९ चैत । तुलसीपुर उपमहानगरपालिका कार्यालयको आर्थिक सहयोग तथा दलित कल्याण संघ दाङको आयोजनामा तुलसीपुर १५ कोठरीमा कानुनी सचेतना तथा मनो सामाजिक परामर्श सम्बन्धी तिन दिने तालिम सुरु भएको छ । संस्थाका सचिब सन्तोष चनाराको अध्यक्षता तथा वडा अध्यक्ष लक्ष्मण चौधरीको प्रमुख आतिथ्यतामा तालिमको उदघाटन गरिएको हो ।

संस्थाका सदस्य जिबनी बिकको स्वागत मन्तव्यबाट सुरु भएको वडाका स्वास्थ्य प्रमुख पुर्ण बहादुर घर्ती,प्रशिक्षक सिन्धु हमाल,जया पान्डे लगायतले बोल्नु भएको थियो भने कार्यक्रमको सहजीकरण जानकी विश्वकर्माले गर्नुभएको थियो । तिन दिन सम्म संचालन हुने तालिममा वडाका महिला समुह ,आमा समुह र महिला स्वास्थ्य स्वयंम सेविका गरी ४० जनाको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०७८ चैत्र ९ गते बुधवार
प्रतिक्रिया