फाईल फोटो
तुलसीपुर,९ चैत । पश्चिम दाङमा धारीलो हतियार प्रहार भएको अवस्थामा एक महिला मृत भेटिएको प्रहरीले बताएको छ । मृतक बवई गाउँपालिका ७ राउत डाँडा बस्ने ६५ वर्षीया गंगी कवँर रहेको ईलाका प्रहरी कार्यालय खिलतपुरले जानकारी दिएको छ । मंगलवार दिउँसो २ बजे शान्तिनगर ६ कोरवाङ नर्ससरी स्थित कुलामा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक नविन चुडालीले जानकारी दिनुभयो । मृतक कवँरको शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको प्रहरीले बताएको छ । उक्त घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७८ चैत्र ९ गते बुधवार