
तुलसीपुर, ९ चैत । तुलसीपुर उपमहानगरपालिकामा जनप्रतिनिधि आईसकेपछि मातृशिशु मृत्युदर शुन्यमा झरेको छ ।जनप्रतिनिधि आउनु अघि विगतमा बेला बेलामा मातृशिशु मृत्युदरका घटना हुने गरेकोमा सुत्केरी प्रोत्साहन भत्ता कार्यक्रम लागु भएदेखी यो दर शुन्यमा झरेको छ ।विगतमा घरमै सुत्केरी गराउँदा आमा र बच्चा दुवैको जिवन जोखिममा हुने भएकाले उपमहानगरपालिकाले स्वास्थ्य संस्थामै सुत्केरी गराउनु पर्छ भन्ने सोचको विकास गर्ने उद्देश्यका साथ लागु गरेको यो कार्यक्रम प्रभावकारी देखीएको छ ।
उपमहानगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी भएमा सरकारले दिदै आएको सुत्केरी भत्तामा थप गर्दै पाँच हजार रुपैया सम्म प्रोत्साहन रकम दिदै आएको छ ।यो सुविधा पाउनलाइ मापडण्द बनाईएको छ । यसै बारेमा तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रर्वद्धन शाखाका विष्णु गिरी संग गरिएको कुराकानी ।
विस्तृतमा जानकारी पाउन अडियो सुन्नुहोस ।