शववाहन र मोटरसाइकल एक आपसमा ठोक्किदा एक घाइते

फाईल फोटो

काठमाण्डौ,९ चैत । भक्तपुरको लोकन्थलीमा शववाहन र मोटरसाइकल ठोक्किएका छन् । ठोक्किएपछि मोटरसाइकलमा आगो लागेको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको समिट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकबाट शव लिएर पशुपतिस्थित आर्यघाट आउँदै गरेको प्रदेश ३–०१ ०२३ च २३५६ नम्बरको शववाहन र विपरीत दिशामा रहेको बा ५२ प ५३८५ नम्बरको मोटरसाइकल आज बिहान करिब साढे ९ बजेतिर ठोक्किएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र ९ गते बुधवार
प्रतिक्रिया