
फाईल फोटो
दाङ, ९ चैत । नेपाल आदीवासी जनजाती पत्रकार महासंघ (फोनिज)को कर्णाली प्रदेश ईन्चार्जमा सल्यानका पत्रकार बुद्धिमान पुन सर्वसम्मत निर्वाचित हुनु भएको छ । चितवनको सौराहामा भएको महासंघको सातौ संघिय अधिवेशनबाट पुन कर्णाली प्रदेश ईन्चार्जमा निर्विरोध निर्वाचित हुनु भएको हो ।
पुन सल्यानको रेडियो राप्तीका समाचार सम्पादकका रुपमा कार्यरत हुनुहुन्छ । यस्ते अधिवेशनले सात वटै प्रदेशमा ईन्चार्ज सर्वसम्मत चयन गरेको छ । जसमा लुम्बिनी प्रदेश ईन्चार्जमा यम बहादुर गाहा , सुदुरपश्चिम प्रदेश ईन्चार्जमा भिम बहादुर चौधरी, बाग्मतीमा सुरेन्द्रभक्त श्रेष्ठ, गण्डकीमा एमबी आस्था मगर, मधेस प्रदेशमा निरज पिठाकोटे र प्रदेश १ मा भक्तसेर लिम्बु रहनु भएको छ ।
प्रकाशित मिति : २०७८ चैत्र ९ गते बुधवार