
तुलसीपुर, ८ चैत्र । प्रधान सेनापति महारथी प्रभुराम शर्माले दाङ्ग तुलसीपुरमा रहेको श्री नं.१९ बाहिनी अड्डाको निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा उहाँले वर्तमान अवस्था, वस्तुस्थिती लगायत विविध पक्षबारे जानकारी लिनुका साथै सकलदर्जाहरुलाई सम्बोधन गर्नु भएको थियो ।
सेनापति शर्माले आजै बझाङ्गको श्री बीरभद्रजङ्ग गुल्म र डोटीको दिपायलस्थित श्री नं. ५ बाहिनी अड्डा्को निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षणकै क्रममा प्रधान सेनापति महारथी शर्माले नेपाली सेनाले बझाङ्ग जिल्लामा संचालन गरिरहेको अपरेशन “हिमाल दर्शन” को स्थलगत निरीक्षण गर्नुका साथै अपरेशनमा सहभागी फौजसँग भेटघाट तथा सम्बोधन समेत गर्नु भएको थियो ।
प्रकाशित मिति : २०७८ चैत्र ८ गते मङ्गलवार