माओवादीका पूर्व बटालीयन कमाण्डर एमालेमा प्रवेश

दाङ ८ चैत । घोराही नगर विकास समितिका पुर्व अध्यक्ष बुद्धिराम पुन (प्रमोद) नेकपा एमालेमा प्रवेश गर्नु भएको छ । पुन माओवादीका पुर्व छापामार समेत हुनुहुन्छ । वटालीयन सहायक कमाण्डर भएर पुनले युद्धकालमा धेरै मोर्चामा सहभागि हुनु भएको थियो । पुनलाई नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकीले पार्टीमा स्वागत गर्नुभएको हो ।

मगलवार पुन सहित शिवराज कवर माओवादी पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेको एमाले दाङले जनाएको छ । लामो समयमा पार्टीमा काम गरेपनि आफुहरुको मुल्याङकन नभएको पुनले बताउनुभयो । ‘ धेरै युद्ध लडियो तर पार्टीले मुंल्याकन नै गरेन । पार्टी भित्र हामीलाई विभेद नै गर्ने काम भयो । त्यो भएर पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेको छु’ उहाँले भन्नुभयो ।

यस अघि नेकपा माओवादी केन्द्र बगलाचुली गाउँपालिका वडा न ६ का वडा कमिटी अध्यक्ष नारायण वलीको टिम नेकपा एमालेमा प्रवेश गरेको थियो । माओवादी छोडेर एमालेका प्रवेश गर्नेको लहर नै पालिकामा चलेको एमाले दाङले जनाएको छ । पार्टी प्रवेश कार्यक्रममा एमाले सचिव सहित स्कुल विभाग प्रमुख विवेक श्रेष्ठ, बंगलाचुली गाउँपालिका पार्टी अध्यक्ष पुष्पराज भण्डारी, गिरबहादुर कवर लगायतका नेताहरुको सहभागिता थियो ।

प्रकाशित मिति : २०७८ चैत्र ८ गते मङ्गलवार
प्रतिक्रिया