
काठमाण्डौ,८ चैत । पूर्वमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी नेकपा एमालेमा समाहित भएको छ । मंगलबार आयोजित कार्यक्रममा समाजवादी जनता पार्टीका अध्यक्ष सिंहले सिंगो पार्टी एमालेमा समाहित भएको घोषणा गर्नुभएको हो ।
सिंहले आफूले नेकपा एमाले छाडेर २०६२ सालमा समाजवादी जनता पार्टी गठन गरेको र अहिले आफ्नै घर फर्किएको अनुभूति भएको बताउनुभयो । तत्कालिन नेकपा एमालेबाट एक्लै बाहिरीएको भएता पनि अहिले एउटा शक्ति लिएर पाटीमै फर्किएको उहाले बताउनुभयो ।
प्रकाशित मिति : २०७८ चैत्र ८ गते मङ्गलवार