
फाईल फोटो
काठमाण्डौ,८ चैत । अभिनेत्री करिश्मा मानन्धर आज नेकपा एमाले प्रवेश गर्ने हुनुभएको छ । यसअघि नै एमाले जाने बताउनुभएकी मानन्धर मंगलबार औपचारिक रूपमा पार्टी प्रवेश गर्न लाग्नु भएको हो । एमाले नेता विष्णु रिजालका अनुसार मानन्धरसँगै पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वको समाजवादी जनता पार्टी पनि एमालेमा समाहित हुने कार्यक्रम रहेको छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको रिजालले जानकारी दिनुभयो । यसअघि उहाँ डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा सक्रिय भएर काम गर्नुभएको थियो ।
प्रकाशित मिति : २०७८ चैत्र ८ गते मङ्गलवार