
दाङ,७ चैत । जिल्ला प्रहरी कार्यालय पुवी नवलपरासीले छ जना जुवाडेलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा चार जना महिला रहेका छन भने २ जना पुरुष रहेको प्रहरीले जानकारी दिएको छ । कावासोती नगरपालिका ८ बेलु पुनको घरमा जुवा खेलिरहेको भन्ने गोृप्य सुचनाको आधारमा गएको प्रहरीको टोलीले उनीहरुलाई आईतवार बेलुका साढे पाँच बजे पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा घरधनी ४५ बर्षिया बेलु पुन, सोहि ठाउँका ३० बर्षिया हरिमाया पुन, ४० बर्षिया माया पुन, ३८ बर्षिया दुरपती गुरुङ, ४० बर्षिय रविनमान सिंह, र ४० बर्षिय विर बहादुर गुरुङ रहेको प्रहरीले बताएको छ । पक्राउ परेकाहरु माथी आबश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७८ चैत्र ७ गते सोमवार