
तुलसिपसुर ६ चैत । बाँके प्रहरीले रेडपाण्डाको छाला र चरेशसहित ६ जनालाई पक्राउ गरेको छ । जिल्लाको नेपालगंज उप–महानगरपालिका वडा नं.१२ कोरियनपुर स्थित अन्जना होटल बाट दुई थान दुर्लभ वन्यजन्तु (रेडपाण्डाको छाला) सहित चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा डोल्पा त्रिपुरासुन्दरी नगरपालिका ३ बस्ने २३ बर्षीय विकेश वोहरा ,सोहि ठाउँ निवासी ३६ वर्षीयका हर्क बहादुर वि.क., २२ वर्षीय राम कृष्ण शाही , र जिल्लाको ठुलोभेरी नगर पालिका वडा १ बस्ने २५ वर्षीय सुकराम वि.क. रहेको प्रहरीले बताएको छ ।
रेडपाण्डाको छाला बिक्रीवितरण हुँदैछ भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी बाँकेबाट प्रहरी सहायक निरीक्षक बिबेक अधिकारीको कमान्डको टोलीले आज बिहान साढे ११ बजेतिर उक्त होटलको १०५ नम्बर कोठाबाट २ थान दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यलय बाँके ले जानकारी दीएको छ ।
त्यस्तैगरी प्रहरीले नेपालगंज उप–महानगरपालिका वडा नं.२ पुष्पलालचोक नजिक रहेको दंगाली स्यांङजाली होटल कोठामा तिन किलो लागु औषध चरेशसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकोट खाँडाचक्र नगर पालिका .९का ः २५ वर्षीय प्रवीण विष्ट
र सोहि पालिका वडा नं ७ २३ वषीय राज बहादुर कार्की रहेको प्रहरीले बताएको छ । उक्त घटनाको बारेमा आबश्क अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।