
काठमाडौ,६चैत । पाल्पामा फोटो खिच्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भारत गोरखपुरका २८ बर्षका सान्तनु नन्दि रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पच्भैयाले जानकारी दिनुभएको छ । पाल्पाको तिनाउ गाउपालिका ३ भुत खोलामा घुम्न आएका नन्दि आईतबार दिउसो साढे दुई बजे ढुङ्गाबाट चिप्लेर डुबेको अवस्थामा फेला पारेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७८ चैत्र ६ गते आइतवार