एसीसी एसिया कप क्रिकेट श्रीलङ्कामा हुने

काठमाडौं ५ चैत । एसीसी एसिया कप क्रिकेट श्रीलङ्कामा हुने भएको छ । टी–ट्वान्टी ढाँचामा आयोजना हुने एसिया कप आउँदो अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म श्रीलङ्कामा गर्ने निर्णय गरेको एसियन क्रिकेट काउन्सिल (एसीसी)ले जनाएको छ । प्रतियोगितामा एसियाको टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का, बंगलादेश, अफगानिस्तान र छनोट प्रतियोगिताबाट आउने १ राष्ट्र गरि ६ टिम सहभागी हुनेछन् । छनोट प्रतियोगिता अगस्ट २० अगाडी हुने एसीसीले जनाएको छ । एसीसीको बैठकले कतार क्रिकेट एसोसियसनलाई एसीसीको पूर्ण सदस्यता प्रदान गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : २०७८ चैत्र ५ गते शनिवार
प्रतिक्रिया