
फाईल फोटो
काठमाण्डौ,५ फागुन । कक्षा १२ को परीक्षा आगामी जेठको १६ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७९ जेठको १६ गतेदेखि परीक्षा सञ्चालन निर्णय गरेको हो । हिजो बसेको बोर्डको बैठकले परीक्षा १६ गतेदेखि गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिनुभयो । बोर्डले वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०७९ जेठ १६ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । परिक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने परीक्षा जेठको २५ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : २०७८ चैत्र ५ गते शनिवार