
तुलसीपुर, ४ चैत । नेकपा एकीकृत समाजवादी निटक अनेरास्ववियु दाङका अध्यक्ष डिआर भण्डारी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । एमाले दाङ जिल्ला सचिब मनोहर बुढाथोकी, दाङ जिल्ला सदस्य तथा तुलसीपुर नगर ईन्चार्ज मान बहादुर रावत र तुलसीपुर नगर अध्यक्ष माधव ओलिले भण्डारीलाई शुक्रबार एक कार्यक्रमका बिच एमालेमा स्वागत गर्नुभएको तुलसीपुर नगरका प्रचार बिभाग प्रमुख हेमराज डाँगीले जानकारी दिनुभयो । एमाले पाटी विभाजन पछि समाजवादीमा लाग्नु भएका भण्डारी पुन : एमालेमै फर्किनु भएको हो ।भण्डारीले देशको समग्र बिकास र समृद्धिको लागी नेकपा एमाले पार्टी नै भरपर्दो र विश्वासिलो भएकाले आफु एमालेमा प्रवेश गरेको बताउनुभयो ।
एमालेमा हुँदा पनि भण्डारी अनेरास्ववियुमा सक्रिय थिए । उनी आगामी स्थानीय तहको निर्वाचनमा तुलसीपुर १६ बाट नेकपा एसबाट वडा अध्यक्षको दावेदार हुन् । पछिल्लो समय देशभरबाट एमालेमा प्रवेश गर्ने लहर चलिरहेको बेला नेकपा एसको विद्यार्थी संगठनका जिल्ला अध्यक्ष भण्डारी पनि एमालेमा प्रवेश गर्नुभएको हो । विद्यार्थीको जिल्ला अध्यक्ष एमालेमा प्रवेश गरेसंगै नेकपा एसलाई झड्का लागेको छ ।बिगतमा भण्डारीको योगदान अनेरास्ववियुमा महत्त्वपूर्ण रहेको हुदा अनेरास्ववियुमा उपयुक्त जिम्मेवारी दिने अनेरास्ववियु केन्द्रिय सदस्य तथा दाङ सहइन्चार्ज गोपाल रेग्मीले जानकारी दिनुभयो ।