सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

फाईल फोटो

रुपन्देही, ४ चैत । रुपन्देहीमा भएका छुट्टाछुट्टै दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदह नगरपालिका भलुहीमा हिजो बेलुका लु २ ख ३५७३ नम्बरको टिपरले लु ५८ प ३९६५ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा नवलपरासी सुनवल(४ की ३४ वर्षीया शान्ति भण्डारीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । उहाँका श्रीमान र तीन वर्षीय छोरा भने घाइते छन् ।

घाइते दुवै जनाको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ ।यस्तै तिलोत्तमा नगरपालिका वडा नम्बर १५ पत्थरडाँडामा गएराति मोटरसाइकलबाट खसेर २३ वर्षीय जितबहादुर थापाको ज्यान गएको छ ।मोटरसाइकलका चालक फरार छन् ।मोटरसाइकलको नम्बर समेत खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र ४ गते शुक्रवार
प्रतिक्रिया