
तुलसिपुर २ चैत । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले बढ्दो जलवायु परिवर्तनले कृषि क्षेत्रमा धेरै असर पारेको बताउनुभयो । उहाले जलबायु परिवर्तनले वातावरण तथा मानिसको स्वास्थ्य मात्रै नभई कृषि क्षेत्रमा पनि उत्तिकै असर पु¥याएको बताउनु भएको छ ।पारिवारिक निजि वन संघ दाङको आयोजनामा आज तुलसीपुरमा आयोजित बहुसरोकारवाला संगको अन्तर संवाद कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नगरप्रमुख पाण्डेले जलवायु परिवर्तनलाई न्युनीकरण गर्नका लागी जल,जंगल र जमिनलाई संरक्षण गर्नु पर्नेमा जोड दिनुभयो । साथै उहाले कृषि वन प्रणालीमा आधारीत टिम्मुर उत्पादनको बिस्तार गरी बजारीकरण गर्न सके कृषकहरुको आर्थिकस्तर बृद्धि हुने बताउनुभयो ।
संघका जिल्ला अध्यक्ष पदम केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले कृषिजन्य बस्तु उत्पादन गरेर राम्रो आम्दानी गर्न सकिनेमा जोड दिएका छन् । सो अवसरमा पारिवारिक निजि वनले कृषिमा आधारित टिमुर खेती गरेको बारेमा जानकारी गराईएको हो । संघको आयोजनामा तुलसीपुर क्षेत्रको टिमुर खेती योग्य पकेट क्षेत्रको पहिचान गरी तुलसीपुर २,३,र ४ का विभिन्न क्षेत्रमा टिमुरका विरुवा वितरण गरी खेती गरिएको छ । यस्तैगरी खाली जमिनलाई हराभरा बनाउने लक्ष्यका साथ ५ हजार बहुबर्षिय बिरुवा आवश्क पर्ने भएको हुदा यसका लागी डिभिजन बन कार्यलयमा माग गरिएको बताईएको छ । सो अवसरमा पारिवारिक निजि वनका केन्द्रिय अध्यक्ष जोगराज गिरी , उपाध्यक्ष मेघराज भुसाल, बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्बर पौडेल , पशु सेवा शाखा तुलसीपुरका अधिकृत सुवास आचार्य, डिभिजन बन कार्यलय दाङका खिम बहादुर खडका, , स्थानिय वन वन महासंघ तुलसीपुरका अध्यक्ष चन्द्र बहादुर वली, तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका सचिव सेवकराम भण्डारी , तुलसीपुर १ का वडा अध्यक्ष लक्ष्मण भण्डारी, ग्रिन फाउनडेशनका गृभान केसी, कप्सन नेपालका केन्द्रीय सदस्य भुप बहादुर केसी, कृषक समुहको तर्फबाट ज्ञानु पुन लगाएतले बोल्नु भएको थियो । जिल्ला शाखा सहसचिव बसन्ता सापकोटाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कोषाध्यक्ष धन बहादुर केसीले गर्नुभएको थियो ।