
तुलसीपुर, ३ चैत्र । तुलसीपुर उपमहानगरपालिका–१८ स्थित जनता संस्कृत माध्यामिक विद्यालय बिजौरीमा एक करोड बढि लागतमा सुविधा सम्पन्न भवन निर्मान भएको छ । तुलसीपुर उपमहानगरपालिकाको भ्याट सहित एक करोड ३१ लाख लागतमा १२ कोठे सुविधा सम्पन्न पक्कि भवन निर्माण गरिएको तुलसीपुर उपमहानगरपालिका इन्जिनियर हिमाल शर्माले जानकारी दिनुभयो ।
२०७८ पुष मसान्त भित्र निर्माण कार्य सक्नेगरी चन्द्रोदय निर्माण सेवा बझाङले २०७७ फागुन १६ गते तुलसीपुर उपमहानगरपालिकासंग सम्झौता गरेको थियो । भवन निर्माणका लागि एक करोड ९९ लाखको स्टमेट भएपनि निर्माण कम्पनिले एक करोड ३१ लाख लागतमा निर्माणकार्य पुरा गर्नेगरी ठेक्का लिएको थियो । सम्झौता अनुसार निर्माण व्यवसायीले तोकिएको समयमा काम पुरा गरेको तुलसीपुर उपमहानगरपालिकाले जानकारी दिएको छ ।
भवन निर्माण भएसंगै पठन–पाठनमा सहजता आउने विद्यालयका प्रधानाध्यापक पदम रावतले जानकारी दिनुभयो । पुराना जिर्ण भवनका कारण बर्षातको समयमा पानी चुहिने भएकाले पठन–पाठनमा समस्या हुँदै आएको थियो । ‘२०७२ सालको भुकम्पकले केहि कोठा चर्किएका छन् । भवनहरु पुराना र जिर्ण पनि छन् । त्यसमा पानी चुहीने भएकाले पढाईमा समस्या हुँदै आएको थियो,’ प्रधानाध्यापक रावतले भन्नुभयो,– ‘अब पठन–पाठनको समयमा शिक्षक र विद्यार्थीलाई जोखिम र डर हुने भएन । जसका कारण पठनपाठनमा एकाग्रता हुने भयो ।’
विद्यालयको कोठाभित्रै सौचालय व्यवस्था गरिएको छ । जसका कारण छात्र–छात्रालाई सौंच गर्न बाहिर जानुपर्ने अवस्था नभएको विद्यालयले जनाएको छ ।
भवनको अनुगमण
यसैबिच नव निर्मित भवनको तुलसीपुर उपमहानगरपालिकाले अनुगमण गरेको छ । स्टमेट अनुसार भवनको निर्माण कार्य पुरा भए नभएको विषयमा अनुगमण गरिएको हो । अनुगमण टोलिमा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख माया शर्मा, प्रमुख प्रशासकिय अधिकृत मोहन पौडेल, इन्जिनियर हिमाल शर्मा लगाएतको सहभागिता रहेको थियो । यसैबिच अनुगमण टोलिले तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनीमा पनि निर्माणाधिन नालाको अनुगमण गरेको छ ।