
काठमाण्डौ,३ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले गएराती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको यस अघिको प्रतिलिटर मूल्यमा ५ रूपैयाँ बढाएको छ। अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५५, डिजेल र मट्टीतेलको प्रतिलिटर १ सय ३८ रूपैयाँ पुगेको छ। तर खाना पकाउने एलपिजी ग्यासको मूल्य भने यथावत राखेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। बुधवार दिउँसो निगमले भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची आएको भन्दै विज्ञप्ति जारी गरेको थियो।
प्रकाशित मिति : २०७८ चैत्र ३ गते बिहिवार