
तुलसीपुर, २ चैत । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा स्थापना गरिएको सामाजीक सेवा ईकाइबाट लक्षित समुह अन्र्तगत हाल सम्म पाँच हजार बढिले सेवा लिएका छन् । लक्षित समुहलाई छिटो छरितो तथा निशुल्क सेवा दिने लक्ष्यका साथ प्रादेशिक अस्पताल तुलसीपुरमा गत जेठमा सेवा ईकाई स्थापना गरिएको हो । ईकाई प्रमुख हिमा पौडेलका अनुसार हाल सम्म ईकाईबाट ५ हजार ४ सय १८ जनाले सेवा लिएका छन् ।लक्षित समुह अन्र्तगत अशक्त, बिपन्न, ,असहाय, ज्येष्ठ नागरिक, लैगिंक हिंसा पीडित बालबालिका, अपाङ्गता,लोपोन्मुख आदिबासी जनजातीहरु,शहिद परिवार,पत्रकार, गरिब परिवार,महिला स्वास्थ्य स्वयंम सेबिका, वेसहारा तथा आकस्मिक सवारी दुर्घटनामा परेका नागरिकहरु रहेको उहाले जानकारी दिनुभयो ।
सरकारले तोकेको मापदण्डको आधारमा अस्पतालमा सेवा लिन आउने लक्षित समुहलाई ईकाई मार्फत पुर्ण निस्शुल्क वा आंशिक छुटमा सेवा दिदै आएको उहाले बताउनुभयो ।उहाले दिएको जानकारी अनुसार हाल सम्म गरिब बिपन्न परिवारका ५३१ जना, जेष्ठ नागरिक २३२३ जना, मृगौला डायलाईसिस विरामी २२ जना , दम तथा स्वास प्रश्वास सम्बन्धिका विरामी २५४२ जनाले सेवा लिएका छन् ।६० देखि ८० बर्षसम्मका जेष्ठ नागरिकर्लाई ५० प्रतिशत सम्म सहुलियत रहेको छ भने ८० बर्ष माथिका जेष्ठ नागरिकलाइ पुर्ण निशुल्क उपचार सेवा दिदै आएको उहाले बताउनुभयो ।
ईकाई मार्फत सेवा प्राप्त गर्नका लागी सम्बन्धित पालिकाको सिफारिस, लक्षित समुहको परिचय पत्र, नागरिकता लगाएतको आबश्यक कागजपत्रहरु चाहिने उहाले बताउनुभयो ।लक्षित समुहलाई तिन प्रकारको सेवा प्रवाह हुदै आएको छ । जसमा ओपिडी सेवामा २५०० सम्मको जाँच उपचार सेवा निशुल्क, आकस्मिक वा इर्मजेन्सि सेवामा ५००० सम्मको सेवा उपचार निशुल्क गदै आएको छ भने अपे्रसन तथा भर्ना भएको बिरामीहरुलाई प्रति व्यक्ति १०,००० सम्म निशुल्क सेवा दिने गरेको उहाले बताउनुभयो ।
उहाका अनुसार विगतका तुलनामा पछिल्लो समय यो सेवा लिनेको संख्या बढ्दो क्रममा रहेको छ । सुरुमा कतिपयलाई थाहा नहुदा सेवा लिन आएका थिएनन, उहाले भन्नुभयो, तर पछिल्लो समय धेरैलाई हाम्रो सेवा बारे जानकारी भईसकेको छ ।विशेषगरी असहाय, वेसहारा र विपन्न तथा जेष्ठ नागरिकहरुले सेवा लिने गरेका छन् । जो संग सामान्य स्वास्थ्य चेकजाँच गर्ने आर्थिक छैन त्यस्ताका लागी बढि प्रभावकारी भएको उहाको भनाई छ । सेवा ईकाईले हरेक दिन बिहान ७ बजे देखि साँझ ७ बजेसम्म सेवा दिदै आएको छ । सरकारले लक्षित समुहलाई छिटो छरितो र निशुल्क सेवा दिने उद्देश्यका साथ राप्ती प्रादेशिक अस्पताल तुलसीपुर सहित देशभरका ४४ वटा अस्पतालमा ईकाई संचालन गरेको छ ।