२०८२ पुष १ गते मङ्गलवार

बैतडीमा अनुमति विना पाराग्लाइडिङ गर्ने विदेशी नागरिक पक्राउ

फाईल फोटो

काठमाण्डौ,२ चैत । बैतडीमा अनुमति विना पाराग्लाइडिङ गरिरहेका एक विदेशी नागरिकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा अष्ट्रियाका ३२ वर्षीय फिलिप जेल्नर रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार जेल्नरलाई दशरथचन्द नगरपालिका–१ मुस्याचौरस्थित सुक्खा फलफूल विकास केन्द्रको डाँडाबाट पक्राउ गरिएको हो । उनले कानुन विपरीत जिल्लाको मुस्याचौर क्षेत्र र पुर्चौंडी क्षेत्रमा पाराग्लाइडिङ गर्दै आएका थिए । पाराग्लाइडिङ उडानका लागि अनुमति आवश्यक पर्ने भए पनि उनले विना अनुमति पाराग्लाइडिङ गरेकाले पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताउनुभयो ।

प्रकाशित मिति : २०७८ चैत्र २ गते बुधवार
प्रतिक्रिया