२०८२ पुष १ गते मङ्गलवार

सुनचाँदी व्यवसायी संघद्धारा बधाई तथा स्वागत सम्मान

तुलसीपुर, १ चैत । तुलसीपुर दाङ सुनचाँदी व्यवसायी संघ तुलसीपुरले बधाई तथा स्वागत सम्मान कार्यक्रम गरेको छ । संघले मंगलवार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी संघका सल्लाहकार जोगेन्द्र विश्वकर्मा नेपाल दलित संघ लुम्बिनी प्रदेश सभापति र संघका संस्थापक सचिव ईश्वरी सुनार प्रदेश सदस्यमा निर्वाचित भएकोमा बधाई ज्ञापन तथा स्वागत सम्मान गरेको हो ।संघका अध्यक्ष हरिकृष्ण विकको अध्यक्षतामा भएको कार्यक्रममा विश्वकर्मा र सुनारलाई बधाई तथा कार्यकाल सफलताको शुभकाना व्यक्त गरिएको छ ।

संस्थाका संस्थापक सचिव र बर्तमान सल्लाहकार गरिमामय पदमा निर्वाचित भएकोमा खुशी व्यक्त गर्दै बधाई ज्ञापन गरिएको हो ।सो अवसरमा संघका निवर्तमान अध्यक्ष मदन केसी, संघका सचिव लोक बहादुर विश्वकर्मा, सामाजिक रुपान्तरणका लागी हाम्रो अभियानका अध्यक्ष भिम विश्वकर्मा, दलित सेवा संघका किरण विश्वकर्माले निर्वाचित दुवै जनालाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको हो ।कार्यक्रममा बोल्दै नेपाल दलित संघका लुम्बिनी प्रदेशका सभापति नवनिर्वाचित सभापति विश्वकर्माले आफुहरु प्रति गरेको बधाई तथा स्वागत सम्मानका लागी धन्यवाद ज्ञापन गर्नुभयो । यसले आफुलाई थप हौसला प्राप्त भएको बताउदै उहाले आफुले पाएको जिम्मेवारी ईमानदारिताका साथ पुरा गर्ने प्रतिवद्धता बताउनुभयो । यस्तैगरी नवनिर्वाचित प्रदेश सदस्य सुनारले आफुहरुलाई दिएको स्वागत सम्मान प्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

संस्थामा महत्वपुर्ण योगदान तथा सहयोग गर्नुभएका व्यक्ति सम्मानित पदमा निर्वाचित भएकोमा बधाई ज्ञापन गर्दै संस्था प्रतिको सहयोग र सहकार्य रहीराख्ने उनीहरुले बताएका छन् । संस्थाका अध्यक्ष हरिकृष्ण विकले संस्था संग जोडिएका व्यक्तिहरु विभिन्न तह र तप्कामा पुगेपछि आफुहरुले बधाई तथा स्वागत सम्मान गर्दै आएको बताउनुभयो । विचार र आस्थाका हिसाब जुन जहाँ भएपनि संस्था संग जोडिएका व्यक्तिहरु उच्च पदस्थमा पुगेको अवस्थामा आफुहरुले संस्थाको तर्फबाट बधाई तथा स्वागत सम्मान गर्दै आएको उहाले बताउनुभयो । उनीहरुको हौसला र सदभावका लागी यस्ता किसीमका कार्यक्रमको महत्वपुर्ण हुने उहाले बताउनुभयो । संघका उपाध्यक्ष ईन्द्रविर डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव तुलसीराम सुनारले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७८ चैत्र १ गते मङ्गलवार
प्रतिक्रिया