विवेकशील साझा पार्टीले प्रदेश सांसद पौड्यालसहित २६ जनालाई केन्द्रीय सदस्यबाट हटायो

काठमाण्डौ,१ चैत । विवेकशील साझा पार्टीले २६ जनालाई केन्द्रीय सदस्यबाट हटाएको छ । गएको फागुन २९ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वाग्मती प्रदेश सांसद समेत रहेका रमेश पौड्यालसहित २६ जनालाई केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको हो । चार वटा केन्द्रीय समिति बैठकमा लगातार अनुपस्थित रहेको र लेभी नबुझाएको विवेकशील साझा पार्टीले जनाएको छ ।

गएको साउनमा अध्यक्ष रवीन्द्र मिश्रले सङ्घीयता र धर्मनिरपेक्षताको विषयमा जनमत सङ्ग्रह गर्नुपर्नेसहितको धारणा सार्वजनिक गरेपछि साझा पार्टीभित्र विवाद सुरु भएको थियो । मिश्रले किर्ते गरेर आफ्नो पक्षमा बहुमत पुर्याएको भन्दै मिलन पाण्डे समूह अदालत पुगेको छ ।

केन्द्रीय सदस्यबाट हटाइएका २६ जनाको नाम

१। अनुषा थापा

२। आशुतोष तिवारी

३। कमलेश्वर प्रसाद पाठक

४। केशव दाहाल

५। चण्डिका तिमिल्सिना

६। चन्द्रिका सिग्देल

७। दुर्गा खत्री कार्की

८। धर्म मानन्धर

९। पुकार बम

१०। भरतराज पन्त

११। भूपदेव शाह

१२। मनिष खनाल

१३। मुना अधिकारी

१४। रमेश पौड्याल

१५। रविना अम्गाई

१६। राज्यलक्ष्मी श्रेष्ठ

१७। रामपुकार महरा

१८। लक्ष्मी अधिकारी

१९। विमल तामाङ

२०। शिशिर बन्जारा

२१। सरोज प्रसाद गौतम

२२। सिर्जना खड्का

२३। सुदन मानन्धर

२४। सुरेश अर्याल

२५। सुरेश भट्ट

२६। हरिशप्रसाद भट्ट

प्रकाशित मिति : २०७८ चैत्र १ गते मङ्गलवार
प्रतिक्रिया